नियम ११
रजिष्ट्रेशन पास गर्ने माल अड्डा अथवा रजिष्ट्रेशन अड्डाले गर्नुपर्ने काम
११. रजिष्ट्रेशन पास गर्ने माल अड्डा अथवा रजिष्ट्रेशन अड्डाले गर्नुपर्ने काम
(१) शहरी क्षेत्रभित्रका कुनै घर जग्गा रजिष्ट्रेशन पास गराउन रजिष्ट्रेशनको ऐन बमोजिम कुनै व्यक्तिले दरखास्त दिन आएमा त्यस्तो घर जग्गा समेत शहरी क्षेत्रभित्र अरु कुनै घर जग्गा भए सो समतेको हिसाब गरी त्यस्ता घर जग्गाहरूको मोल रु. ५०,०००।– भन्दा बढी हुने देखिन आएमा अञ्चल कर अधिकृतको छोड् पूर्जी बेगर रजिष्ट्रेशन अड्डाले रजिष्ट्रेशन पास गर्नु गराउनु हुँदैन ।
(२) उपनियम (१) मा जेसुकै लेखिएको भए तापनि रु. ५०,०००। भन्दा घटीको जुनसुकै घर जग्गा पनि कुनै व्यत्तिले प्रकाशित कुनै पनि शहरी क्षेत्रभित्रमा अरु कुनै घर जग्गा नभएको व्यहोराको लिखत गरी अड्डामा दिएको सो व्यहोरा झुठ्ठा ठहरेमा प्रचलित ऐन बमोजिम कारवाई हुने गरी रजिष्ट्रेशन पास गरी दिन हुनेछ ।